गुल्मी : गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गर्दाको निर्णय कार्यान्वयनमा समस्या देखा परेको छ।जिल्लाको कालीगण्डकी गाउँपलिकाले पालिकाभित्रका तीन हजार पाँच सय घरधुरीका १५ हजार व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको थियो तर पदभार ग्रहण गर्दाको निर्णय निर्णयमा मात्र सीमित भएको पाइएको छ।दीर्घकालीन रूपमा त्यसको प्रभाव र बजेटको अध्ययनै नगरी सस्तो लोकप्रियताका लागि गरिने निर्णयले समस्या ल्याउने गरेको यहाँका जानकारहरूको भनाइ छ।तीन हजार पाँच सय घरधुरी