काठमाडौं : सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारका अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयले सूचना सार्वजनिक गर्दै मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ।