काठमाडौं, साउन १३ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घोषणा गरेको नीतिगत दरहरू वृद्धि गरेसँगै बजारमा अल्पकालीन ब्याजदर बढ्न थालेको छ । राष्ट्र बैंकले वृद्धि भएको नीतिगत दर कार्यान्वयन गरेपछि बजारमा अन्तरबैंक र रिपोको ब्याजदरका साथै ट्रेजरी बिल्सको डिस्काउन्ट रेटसमेत बढेको हो । राष्ट्र बैंकले बिहीवार जारी गरेको रिपोमा बैंकहरूले ८ दशमलव […]