काठमाण्डाै – ब्याजदर महँगो भएको भन्दै सार्वजनिक आलोचना भइरहेका बेला बैंकहरुले आजदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् ।
नेपाल बैंकर्स संघको गएको बिहीबार बसेको बैठकले बचतको ब्याजदर शून्य दशमलव ४ प्रतिशत र कर्जाको प्रिमियमदर एक प्रतिशतले घटाउने निर्णय गरेको हो । अहिले बचतको ब्याजदर ६ दशमलव ४ देखि ८ दशमलव ४ प्रतिशतसम्म छ । यसलाई न्यूनतम ६ र अधिकतम ८ प्रतिशत कायम गरिनेछ । बचतको ब्याज घटेपछि बैंकको आधारदर कम हुन्छ । जस कारण लागत घटेर कर्जाको ब्याजदर पनि घट्छ । मुद्दति निक्षेपको ब्याज भने घटाइएको छैन ।
...