काठमाडौँको बानेश्वरको मुल सडकमा मंगालको वाल भत्किएर भ्वाङ परेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बताएको छ । सडक भासिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि अनुगमनका लागि त्यहाँ पुगेको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले मंगालको भित्ता भत्किएको र पानी धेरै आएकोले भित्री भाग बगाएकोले खाल्डो भएको बताएका हुन् । प्रमुख कार्यकारी अधिकृत शाक्यले भत्किएको मंगालमा डन्डी नराखिएको, ढलान नगरिएको कारण पानी धेरै परेकोले बगाएको बताए । उनले सवारीसाधहरुको