नयाँबानेश्वरमा कालाेपत्रे सडक बीचमै भ्वाङ

काठमाडौँ – राजधानीको नयाँबानेश्वरस्थित कालाेपत्रे सडक बीचमै ठूलो भ्वाङ परेको छ। तीनकुने हुँदै नयाँ बानेश्वर जाने सडकको सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालयबीचको सडकमा ठूलो भ्वाङ परेको हो। महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका अनुसार सडकमा करिब १५ फिट भ्वाङ परेको छ। प्रभागका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले सडकमा भ्वाङ परे पनि कुनै दुर्घटना हुन नपाएको जानकारी […]

सम्बन्धित सामग्री

धादिङमा सडक बन्द हुँदा मालवाहक र लामाे दुरीका गाडी काठमाण्डाैमै राेकिए

काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा सडक बन्द हुँदा मालवाहक र लामाे दुरीका गाडी काठमाण्डाैमै राेकिएका छन् । मालवाहक र लामाे दुरीका गाडी काठमाण्डाैमै राेकिँदा कलङ्कीमा जाम भएकाे छ ।  धार्केकाे गणेश खोलामाथिको पुलमा भ्वाङ परेपछि सडक बन्द भएकाे हाे । अस्ति साेमवार दिउँसाे पुलमा भ्वाङ परेपछि बन्द भएकाे सडक हिजाे मङ्गलवार बिहान १० बजेतिर एकतर्फी खुलाइएकाे थियाे । सडक दुईतर्फी खुलाउने प्रयास भइरहेका बेलामा फेरि आज अर्को भ्वाङ परेको हो । स्थानीयवासीका अनुसार अस्ति सोमवार सडक भासिएपछि ग्याब...

जयपृथ्वी राजमार्ग सडक मुनि भ्वाङ

बझाङ । बझाङको सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्गमा सडकको मुनि पट्टी ठुलो भ्वाङ परेको छ । जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने तमैल बजार नजिकै सडकको सडक मुनि पट्टी ठुलो भ्वाङ रहेको छ । यस विषयमा सवारी चालक तथा अन्य व्यक्तिहरुले नदेखेका कारण जोखिम मोलेर सवारी साधन ओहोरदोहोर भइरहेका छन् । सेती नदीको कटानका कारण उक्त भ्वाङ […]

आइतबार चोरमारामा सडक अवरुद्ध हुने

नवलपुर । यही जेठ २२ गते आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चोरमारामा छ घण्टा सडक अवरुद्ध हुने भएको छ । सो स्थानको गिरुबारी खोलाको पुल मर्मतका लागि सडक अवरुद्ध हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।उनका अनुसार आइतबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म पुल मर्मतका हुने छ । पुलको बीच भाडमा भ्वाङ […]

बानेश्वरको भ्वाङ परेको सडक एक हप्तामा बन्छ– केयूकेएल

मंगालको भित्ता भत्किएको र पानी धेरै आएकोले सडकको भित्री भाग बगाएकाले सडकमा भ्वाङ परेको उहाँले बताउनुभयो । भत्किएको मंगालमा डन्डी नराखिएको, ढलान नगरिएको कारण पानी धेरै परेकोले बगाएको उहाँको भनाइ छ ।

मंगालको वाल भत्किएर बानेश्वरको सडकमा भ्वाङ

काठमाडौँको बानेश्वरको मुल सडकमा मंगालको वाल भत्किएर भ्वाङ परेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बताएको छ । सडक भासिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि अनुगमनका लागि त्यहाँ पुगेको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले मंगालको भित्ता भत्किएको र पानी धेरै आएकोले भित्री भाग बगाएकोले खाल्डो भएको बताएका हुन् । प्रमुख कार्यकारी अधिकृत शाक्यले भत्किएको मंगालमा डन्डी नराखिएको, ढलान नगरिएको कारण पानी धेरै परेकोले बगाएको बताए । उनले सवारीसाधहरुको

संसद् भवन नजिकको मूल सडक भासिएपछि...

बानेश्वरस्थित संसद भवन नजिकको मूल सडक भासिएको छ ।  निजामती अस्पताल नजिकको सडकमा सानो भ्वाङ देखिएको थियो । तर, मर्मत गर्ने क्रममा अहिले ठूलो खाल्डो परेको छ ।  यो सडक बानेश्वरबाट तीनकुनेतर्फ जाने ६ लेनको मुख्य सडक हो ।

नयाँबानेश्वरको बीच सडकमा भ्वाङ (तस्बिर)

राजधानीको व्यस्त सडक नयाँ बानेश्वर मिनभवन सडकखण्डमा सोमबार बिहान एकाएक भ्वाङ परेको छ । सडक भ्वाङ पर्दा केहीबेर यातायातसमेत अवरुद्ध हुन पुगेको थियो । सो भ्वाङ पुर्नका लागि सडक विभागका कर्मचारी खटिएका थिए । प्रत्यक्षदर्शीका अनुसार सुरुमा सानो भ्वाङ परेकामा डोजर चलाउने क्रममा भ्वाङ ठूलो भएको थियो ।अहिले भ्वाङ परेको सडक वरपर यातायात सञ्चालनमा रोक लगाइएको छ । काठमाडौँका ठाउँठाउँका सडकमा बेलाबेला भ्वाङ पर्ने समस्या देखिने गरेको छ ।

पोखरामा जमिन भासिएर भ्वाङ पर्यो [तस्बिर]

कास्कीको पोखरामा जमिन भासिएर ठूलो भ्वाङ परेको छ । महेन्द्रपुल सेलवेज गेटको नजिकैको गरिमा विकास बैंक अगाडि सडक रहेको जमिन भासिएर भ्वाङ परेको हो । सडकमा भ्वाङ पर्दा सो क्षेत्रको सवारी आवागमन प्रभावित बनेको प्रहरीले जनाएको छ । पोखरा क्षेत्रको भौगोलिक अवस्थाले बेलाबेला जमिन भासिने तथा भ्वाङहरु पर्ने घटना बारम्बार हुने गरेको छ । तस्बिरहरुः रेडियो अन्नपूर्ण पोखरा

राजधानीका सडक भ्वाङै भ्वाङ

काठमाडौं । वर्षा लागेसँगै काठमाडौं उपत्यकामा सडक खाल्डाखुल्डीले भरिन थालेका छन् । यहाँका सडक हिउँदमा धुलाम्मे, वर्षा लागेसँगै हिलाम्मे र खाल्डाखुल्डीले भरिन थाल्छन् । सामान्य वर्षा हुँदासमेत उपत्यकाका सडकमा ढल पसेर डुबान हुन थालेको छ । जसका कारण घण्टौं ट्राफिक जाम र दुर्घटना निम्तने खतरा बढेको छ । सडक नियमित मर्मत सम्भार नहुनु, ढल व्यवस्थापन […] The post राजधानीका सडक भ्वाङै भ्वाङ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.