उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेका रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाउन निर्देशन दिएका छन् । मन्त्रालयअन्तर्गतका सचिव, ६ वटा विभाग, ७ वटा महाशाखा प्रमुख र सहसचिवसँग बिहीबार छलफल गर्दै उनले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नम्बर ४२६ मा उल्लेख भएअनुसार तत्काल उपयुक्त मोडालिटी तयार गरी पुनः सञ्चालनमा ल्याएर राष्ट्रिय उत्पादन वृद्धि गर्नुका साथै पर्याप्त रोजगारी सृजना गर्नुपर्ने आवश्यक रहेको बताए ।उनले रुग्ण उद्योग सञ्चालनका