काठमाडाैं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाएर तत्काल कार्यान्वयन गर्न मातहतका निकायका प्रमुखलाई निर्देशन दिएका छन्।मन्त्रालय अन्तर्गतका सचिव, छ विभाग, सात महाशाखा प्रमुख र सहसचिवसँग आज छलफल गर्दै उनले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नं ४२६ मा उल्लेख रहे अनुसार लामो समयदेखि बन्द रहेका रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।छलफल प्रभावकारी बजार अनुगमन, मन्त्रिपरिषद् बैठकले १० वटा कम