उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रकाे सहभागितामा रुग्ण उद्योग सञ्चालनकाे गृहकार्य भइरहेकाे बताएका छन् । ‘त्यसका लागि मोडालिटी तयार गरिहेकाे उनले स्पष्ट पारे । ‘मेक इन नेपाल स्वदेशी समिट २०२२’को प्रमुुख वक्ताको रुपमा बोल्दै मन्त्री बडूले स्वदेशमै उत्पादन हुन सक्ने वस्तु पनि आयात हुनु चिन्ताजनक रहेको बताए ।