काठमाण्डाै – सहरी विकास मन्त्री मेटमणि चौधरीको निर्देशनपछि धोबीखोला काेरिडोरको अधुरो काम धमाधम सुरु भएको छ ।
‘काेरिडोरमा अवरोध हटाउन र अधुरा काम तत्काल अगाडि बढाउन मन्त्रीज्यूले निर्देशन गर्नुभएअनुसार बाँकी काम अघि बढाइएको छ । अब छिट्टै नै धोबिखोला काेरिडोर सुधार आयोजनाको कामले अन्तिम रूप पाउने छ’, उपत्यका विकास प्रधिकरणकी आयुक्त जानुका ढकालले भन्नुभयाे ।
नदी अतिक्रमण गरी बनाएका संरचना भत्काउन, सर्वसाधारण हिँड्ने फुटपाथमा अवरोध नगर्न र कालोपत्र (पिच) थप्नुपर्ने ठाउँमा तत्काल काम अगाड...