लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मतदान गर्न नजाने भएका छन्। सर्लाहीको बलरा गाउँपालिकामा उनको मतदाता नामावली छ। तर, स्वास्थ्य अवस्था ठिक नभएकाले उनी मतदान गर्न नजाने एक नेताले बताए। ठाकुरको मतदाता नामावली सर्लाहीमा भएपनि उनी महोत्तरी–३ बाट निर्वाचित सांसद हुन्। यस्तै सोही पार्टीका नेता राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ स्थित दुर्गाखोभारी जनता माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन्। उनी त्यहाँ पुगिसकेका छन् । उनले