वीरगञ्ज महानगरपालिकाको राजस्व संकलनमा वृद्धि

पर्सा । वीरगञ्ज महानगरपालिकाले करको दर नभएर दायरा बढाएपछि त्यसको सकारात्मक प्रभाव देखिएको छ । कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभाव खेपिरहेका उद्योग व्यवसाय क्षेत्रलाई राहत दिने उद्देश्यले महानगरपालिकाले कर छूटको नीति ल्याएपछि राजस्व संकलनमा सकारात्मक प्रभाव देखिएको हो । महानगरपालिकाले चालू आर्थिक वर्षको पहिलो सात महीनामा ३५ करोड ३३ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ दशमलव २६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो सात महीनामा महानगरपालिकाले २५ करोड ५५ लाख ८३ हजार राजस्व संकलन गरेको थियो । महानगरपालिकाको नवौं नगरसभाबाट उद्योग, व्यापार, अस्पताल तथा सामाजिक कार्यमा संलग्न संघसंस्थालाई सम्पत्ति करमा छूट दिने निर्णय गरेपछि यसमा पाँच प्रतिशत र घरबहाल कर शीर्षकमा १३ प्रतिशत बढी राजस्व संकलन भएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेले जानकारी दिए । उनका अनुसार सो अवधिमा सम्पत्ति कर शीर्षकमा १० करोड ५० लाख ९३ हजार रुपैयाँ र घर बहाल कर शीर्षकमा ४ करोड १४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।  रासस  

सम्बन्धित सामग्री

वीरगन्ज भन्सारमा राजस्व संकलनमा कमी

पर्सा । राष्ट्रिय राजस्वमा ४३ प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन क्रमिक रुपमम घट्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २४ प्रतिशत कम राजस्व संकलन गरेको कार्यालयले भदौमा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व संकलन गरेको जनाएको छ । चालु आर्थिक वर्षको साउनका लागि भन्सार विभागले १५ अर्ब ६२ करोड […]

कर नबुझाउनेलाई कारबाही

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका चार सय तीन  र आयकरका चार सय २९ करदातामाथि कारबाही प्रक्रिया शुरू भएको कार्यालयले बताएको छ । प्रमुख कर अधिकृत ढाकाराम तिवारीले भने, ‘पहिलो चरणमा करदातालाई १५ दिने र सातदिने पत्र पठाइसकेका छौं । यसपछि पुनः तीन दिनको पत्र पठाउनेछौं ।’ पत्र प्राप्त गरेर पनि बक्यौता नबुझाइए उनीहरूको बैंक खाता रोक्का समेत गरिने उनले जानकारी दिए । जिल्लामा एक लाख २४ हजार तीन सय पाँच करदाता रहेको कार्यालयले  बताएको छ । यसैबीच बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्दा चालू आर्थिक वर्ष २०७९/८० को ६ महीनाको अवधिमा आन्तरिक राजस्व कार्यालय वीरगञ्जको राजस्व संकलनमा कमी आएको छ । सो कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को ६ महीनामा रू. चार अर्ब ७३ करोड १६ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ६६ दशमलव ६१ प्रतिशत अर्थात् रू. तीन अर्ब १५ करोड १६ लाख मात्र असुली भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा सो कार्यालयले नौ अर्ब ४४ करोड ४५ लाख ७५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ९२ दशमलव ३० प्रतिशत अर्थात् रू. आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व संकलन गरेको थियो । रासस

आयात प्रतिबन्धको असर : वीरगञ्ज भन्सारबाट लक्ष्यको ६२ प्रतिशतमात्रै राजस्व संकलन

वीरगञ्ज । देशकै मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष (आव) २०७९/८० को ६ महीनामा लक्ष्यको आधा भन्दा केही बढिमात्र राजस्व संकलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयले चालू आवको साउनदेखि पुससम्मको ६ महीनामा लक्ष्यको तुलनामा ६२ दशमलव ४ प्रतिशतमात्र राजस्व संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।  वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो ६ महीने अवधिका लागि भन्सार विभागले १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो ।तर, वीरगञ्ज भन्सारले भने ७६ अर्ब ५४ करोड रुपैयाँ मात्रै संकलन गरेको छ ।  विदेशी मुद्रा सञ्चितिमा परेको दबाब समाधान गर्न सरकारले लिएको व्यापार नियन्त्रणको नीतिको प्रभावले राजस्व घटेको भन्सारका अधिकारीहरूले बताउँछन् । व्यापारमा आएको गिरावटको असर राजस्व संकलनमा देखिएको उनीहरूको भनाइ छ ।  ‘यहाँबाट राजस्वमा मुख्य योगदान दिने सवारीका साधन र पेट्रोलियम पदार्थको आयात हो । चालू वर्षमा यी दुवै वस्तुको आयात खस्किएको छ । गाडीको आयातमा त लामो समय प्रतिबन्ध नै लाग्यो,’ वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले भने ।  गत आर्थिक वर्ष २०७८/७९ को दोस्रो चौमासदेखि नै आयात नियन्त्रण गरेको सरकारले गत बैशाखदेखि गाडी, महँगा मोबाइल र मदिराको अयातमा पनि रोक लगाएको थियो । अहिले यस्ता विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाएको छ । त्यसयता पनि कतिपय वस्तुको आयातमा नगद मार्जिनको प्रावधान कायमै राखेको थियो । हालैमात्र आयातमा यस्तो मार्जिन हटेको छ ।  विदेशी मुद्राको सञ्चिति जोगाउन खोज्दा सरकारले चालू खर्च नै नधान्ने गरी राजस्व संकलन भएको जानकारहरू बताउँछन् । विदेशी मुद्राको सञ्चिती जोगाउँदा एउटा प्वाल टालिएपनि अर्को प्वाल परेको  जानकारहरू बताउँछन् । गाडीको आयात खुले पनि बजारमा माग नभएको र बैंकहरूले कर्जा लगानी नगरेको भन्दै आयातकर्ताले गाडी भित्र्याएका छैनन् । वीरगञ्ज नाकामा आइसकेका सवारी साधनसमेत भन्सारको यार्डमै थन्किएका छन् ।  विगतमा दैनिक ३०/३५ ओटा गाडी जाँचपास हुने गरेकोमा अहिले आयातकर्ताले दिनमा बल्लतल्ल ३/४ ओटा गाडीमात्रै छुटाएको बरुवालले जानकारी दिए । एकीकृत जाँच चौकी (आईसीपी) भन्सारको यार्डमा अहिले २ हजारभन्दा बढी गाडी थुप्रिएको नेपाल इन्टरमोडल यातायात विकास बोर्डका वीरगञ्ज कार्यालयका प्रमुख कमल ज्ञवालीले बताए । कुन शीर्षकमा कति राजस्व ?  वीरगञ्ज भन्सारले आयाततर्फ भन्सार महसुल ४८ अर्ब रुपैयाँ उठाउनु पर्नेमा २६ अर्ब रुपैयाँमात्रै उठाएको भन्सारको तथ्यांक छ । त्यस्तै मूल्य अभिवृद्धिकरतर्फ ३४ अर्ब रुपैयाँ संकलन भएको छ । यो शीर्षमा ४४ अर्ब रुपैयाँ संकलनको लक्ष्य राखिएको थियो ।  अन्तः शुल्क १२ अर्ब रुपैयाँ उठाउने भनिएकोमा साढे ५ अर्ब रुपैयाँमात्र संकलन भएको देखिन्छ । गाडीको आयात ठप्प भएकाले अन्तःशुल्कको लक्ष्य नपुगेको भन्सारका अधिकारीहरूले बताएका छन् । अघिल्ला वर्षहरूमा यो शीर्षकमा लक्ष्यको तुलनामा अत्याधिक राजस्व आउने गरेको भन्सारको तथ्यांक छ ।   पेट्रोलियम पदार्थमा लिँदै आएको पूर्वाधार करतर्फ ६ अर्ब रुपैयाँ उठेको छ । यस्तो कर संकलनका लागि वीरगञ्ज भन्सारलाई साढे ९ अर्ब रुपौयाँ लक्ष्य तोकिएको थियो ।

वीरगञ्ज नाकाबाट निर्यात ९३% ले वृद्धि, १० महीनामा ७६ अर्बको वस्तु निकासी

जेठ २०, वीरगञ्ज । देशको मुख्य व्यापारी नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।  गत आर्थिक वर्षको १० महीनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा यो नाका प्रयोग गरी हुने नेपाली वस्तुको निकासीमा ९३ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा रू. ३७ अर्ब ९७ करोड ७० लाख मूल्य बराबरको नेपाली वस्तु निकासी भएकामा चालू आवको सोही अवधिमा रू. ३५ अर्ब १३ करोड बढी अर्थात् रू. ७६ अर्ब १० करोड मूल्य बराबरको विभिन्न वस्तु निकासी भएको छ ।  यो ९२ दशमलव ५१ प्रतिशतले बढी हो । वीरगञ्ज नाका प्रयोग गरी नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ बढी निकासी हुने भटमास तथा खजुरको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, सिन्थेटिक यार्न, जमोठ कपडा, स्पोर्ट सुज, सिन्थेटिक सुजलगायत वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ । यस नाकाबाट नेपाली वस्तुको निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व संकलनमा समेत सुधार देखिएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।  उनले गत आर्थिक वर्षको १० महीनामा रू. एक खर्ब ४१ अर्ब ६२ करोड १० लाख राजस्व संकलन भएकामा चालू आवको सोही अवधिमामा रू. २९ अर्ब आठ करोड १६ लाख बढी अर्थात् रू. एक खर्ब ७० अर्ब ७० करोड  राजस्व संकलन भएको बताए । रासस

वीरगञ्ज भन्सारबाट इन्धन आयातमा वृद्धि, ८ महीनामा ५६ अर्ब ७० करोड बराबरको आयात

चैत २८, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ ।  देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महीनाका तुलनामा चालू आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रू. ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको रू. १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो । आव २०७७/७८ को साउनदेखि फागुनसम्ममा रू. ५६ अर्ब ४४ करोड २३ लाखको नौ लाख ४१ हजार ५५७ किलोलिटर डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र एक लाख ६६ हजार ७९७ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयातको तुलनामा चालू आवको सोही अवधिमा रू. एक खर्ब १३ अर्ब १४ करोड ८७ लाख मूल्यको २० लाख ३८ हजार ८५३ किलोलिटर इन्धन र एक लाख ८७ हजार ४५६ मेट्रिक टन ग्यास आयात भएको सो कार्यालयले जानकारी दिएको छ । यो समीक्षा अवधिको तुलनामा चालू आवको सोही अवधिमा १०० दशमलव ४६ प्रतिशत बढी मूल्यको ११६ दशमलव ५४ प्रतिशत इन्धन बढी आयात भएको हो । कोरोना महामारीका कारण गत वर्ष मुलुकभित्रको उद्योग व्यपार तथा यातायात सञ्चालनमा कमी देखिएको थियो ।  चालू आवमा संक्रमण दरमा आएको कमीले जनजीवन तथा उद्योग व्यपार समान्यरूपमा सञ्चालन भएकाले इन्धनको आयात बढी भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले इन्धनको आयात बढेको सकारात्मक प्रभाव राजस्व संकलनमा देखापरेकोे बताए ।  गत आवको आठ महीनामा वीरगञ्जनाका प्रयोग गरी नेपालका लागि भएको इन्धन आयातबाट रू. ३५ अर्ब ८३ करोड ६८ लाख राजस्व संकलन भएको थियो ।  चालू आवको सोही अवधिमा रू. १३ अर्ब ७२ करोड ९२ लाख बढी अर्थात् रू. ४९ अर्ब ५६ करोड ६१ लाख राजस्व संकलन नभएको भन्सार कार्यालयले जानकारी दिएको छ । रासस

करको दायरा बढाउँदा वीरगञ्ज महानगरपालिकाले उठायो ३८ % भन्दा बढी राजस्व

फागुन १२,  पर्सा । वीरगञ्ज महानगरपालिकाले करको दर नभएर दायरा बढाएपछि त्यसको सकारात्मक प्रभाव देखिएको छ ।            कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभाव खेपिरहेका उद्योग व्यवसाय क्षेत्रलाई राहत दिने उद्देश्यले महानगरपालिकाले कर छुटको नीति ल्याएपछि राजस्व संकलनमा सकारात्मक प्रभाव देखिएको हो ।            महानगरपालिकाले चालू आर्थिक वर्षको पहिलो सात महीनामा ३५ करोड ३३ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ दशलव २६ प्रतिशत बढी हो । गत आर्तिक वर्षको पहिलो सात महीनामा महानगरपालिकाले २५ करोड ५५ लाख ८३ हजार राजस्व संकलन गरेको थियो ।            महानगरपालिकाको नवौं नगरसभाबाट उद्योग, व्यापार, अस्पताल तथा सामाजिक कार्यमा संलग्न संघ संस्थलाई सम्पत्ति करमा छूट दिने निर्णय गरेपछि यसमा पाँच प्रतिशत र घरबहाल कर शीर्षकमा १३ प्रतिशत बढी राजस्व संकलन भएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चल राज पाण्डले जानकारी दिए ।            उनका अनुसार सो अवधिमा सम्पत्ति कर शीर्षकमा १० करोड ५० लाख ९३ हजार रुपैयाँ र घर बहाल कर शीर्षकमा ४ करोड १४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सम्पत्ति कर शीर्षकमा १० करोड २१ हजार रुपैयाँ तथा घर बहाल कर शीर्षकमा  ३ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।            कोरोना संक्रमणका कारण विभिन्न बाधा अड्चन खेप्दै आएका नगरवासीलाई चैत मसान्तसम्म सम्पत्ति कर र व्यवसाय कर बुझाए पाँच प्रतिशत छूट दिनेजस्ता आर्कषक योजनाले महागरपालिकाको कर संकलनमा सकारात्मक प्रभाव परेको बताइएको छ । रासस

वीरगञ्ज भन्सार : ७ महीनामा ३३ अर्बभन्दा बढी राजस्व संकलन

वीरगञ्ज । प्रमुख व्यापारिक नाका वीरगञ्जबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात निर्यातमा सुधार हुँदा यसको सकारात्मक प्रभाव राजस्व संकलनमा पनि देखिएको छ । कोरोना संक्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिएकाले राजस्व संकलन बढेको हो । उक्त नाकाबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महीनासम्ममा संकलित राजस्वको तुलनामा चालू आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको ७ महीनामा ८८ अर्ब ५० करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएकोमा चालू आवको सोही अवधिमा १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्न वीरगञ्ज भन्सार सफल भएको छ । यो गत आवको संकलित राजस्वको भन्दा ३३ अर्ब २२ करोड ३६ लाख रुपैयाँ बढी हो ।   चालू आवको साउनदेखि माघसम्मका लागि भन्सार विभागले १ खर्ब १६ अर्ब ७१ करोड १५ लाख रुपैयाँ राजस्व संकलन हुने प्रक्षेपण गरेकामा कार्यालयले लक्ष्यभन्दा ४ दशमलव ३ प्रतिशत बढी अर्थात् ५ अर्ब १ करोड ७८ लाख रुपैयाँ बढी संकलन गर्न सफल भएको कार्यालयका सूचना अथिकारी सुमित गुप्ताले जानकारी दिए । रासस

इन्धन र सवारी आयात वृद्धि हुँदा वीरगञ्ज भन्सारले संकलन गर्‍यो ८८ अर्ब  राजस्व

पुस ८, वीरगञ्ज । देशकै मुख्य व्यापारीक नाका वीरगञ्जबाट आयात तथा निर्यात बढेसँगै वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएकोे छ । गत आर्थिक वर्षको पहिलो पाँच महीनाको तुलनामा चालू आवको पहिलो पाँच महीनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व संकलन गर्न सफल भएकोे हो ।          आर्थिक वर्ष २०७७/ ७८को साउनदेखि मंसिर मसान्तसम्मको पाँच महीनामा ५८ अर्ब १५ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गरिएकामा चालू आवको सोही अवधिमा ३० अर्ब ५३ करोड ९२ लाख रुपैयाँ बढी अर्थात् ८८ अर्ब ६९ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आवको तुलनामा ५२ दशमलव ५० प्रतिशत बढी हो ।            विभागलले चालू आवको साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा ८२ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा ६ अर्ब ८ करोड ६६ लाख रुपैयाँभन्दा ढी राजस्व संकलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थलागयत वस्तुको आयात बढेकाले राजस्व संकलनमा सुधार देखिएको बताए।             गत आर्थिक वर्षको पहिलो पाँच महीनामा  ५४ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा कार्यालयले लक्ष्यभन्दा ३ अर्ब ४२ करोड ४१ लाख बढी राजस्व संकलन गरेको थियो ।नेपालका लागि हुने इन्धन आयातबाट संकलित राजस्वमा ३५ प्रतिशत र सवारीसाधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले बताएको छ । रासस

लकडाउनले रोकेन वीरगञ्ज महानगरको राजस्व संकलन

पर्सा : वीरगञ्ज महानगरपालिकाको चालु आर्थिक वर्षको राजस्व संकलन लक्ष्य नजिक पुगेको छ। कोरोना महामारीको लकडाउनको कारण तीन महिना सेवा प्रवाह रोकिए पनि राजस्व संकलनमा त्यसले खासै असर पु¥याएको छैन। राजस्व संकलन लक्ष्य भेट्टाउन मध्यम वर्गीय करदाता ठूलो साथ रहेको छ। ठूला करदाताहरुको साथ उति नपाएको वीरगन्ज महानगरपालिकाले जन...