नेपाल बार एसोसिएसनको सल्लाहकार समितिका सबैजसो सदस्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन चर्काउन सुझाव दिएका छन् ।
मंगलवारको बैठकमा बोलेका ३७ मध्ये ३६ जना सदस्यले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्न र इजलास बहिष्कार गर्न सुझाव दिएका हुन् ।
सल्लाहकार समितिका सदस्यहरूले सुझाव दिएपनि बारले ठोस निर्णय भने लिइसकेको छैन ।
यसअघि सर्वोच्च अदालतकै १५ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेर राजीनामा मागिसकेका छन् ।
प्रधानन्यायाधीश जबराले भने ...