काठमाडौँ – नेपाल बार एशोसियनका सल्लाहकारहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग्न र नदिए देशभर आन्दोलन चर्काउन सुझाव दिएको छ। प्रधानन्यायाधीशको सम्बन्धमा उठेको विषयमा बारको औपचारिक धारणा बनाउन सल्लाहकार परिषदको बैठक मंगलबार बोलाएको थियो। बैठकमा लगभग सबै सल्लाहकारहरुले राजीनामा माग्न र नदिए देशैभरका अदालतमा आन्दोलनका कार्यक्रम अघि सार्न सुझाव दिएको सल्लाहकार एवं वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले जानकारी […]