नाडाले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाबीच सहकार्य गर्ने समझदारी भएको हो ।  महाशाखाले अगाडि बढाइरहेको ट्राफिकजन चेतनामूलक कार्यक्रममा सहयोग गर्न नाडा र महाशाखाबीच समझादारी भएको हो ।  नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको ६ सदस्यीय प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसंग भेटी उक्त महाशाखाले अगाडि बढाइरहेको ट्राफिक जन चेतनामूलक कार्यक्रमहरु लगायत सवारी नियमहरुको पालना तथा नो हर्न कार्यक्रमलाई...

सम्बन्धित सामग्री

चोरी भएर भेटिएका मोटरसाइकल सवारी धनीलाई फिर्ता

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले हराएका र चोरी भएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाशाखाले चोरी भइ भेटिएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई  हस्तान्तरण गरेको हो। कार्यक्रममा...

ट्राफिक प्रहरीलाई आईजीपीको निर्देशन–‘शिष्ट र सभ्य व्यवहार गर्नु’

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी हेडक्वार्टरबाट भिडियो कन्फ्रेन्समार्फत देशभरका ट्राफिक कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । बुधवार महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणबारे क्षेत्रीले निर्देशन दिएका हुन् ।ट्राफिक प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै क्षेत्रीले भने– ‘ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरुले शिष्ट, सभ्य व्यवहार तथा आचरणमा

चोरिएको मोटरसाइकलसहित तीनजना पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरिएका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । उपत्यकाको विभिन्न स्थानबाट हुने मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरी कारवाही थालेको जनाइएको छ ।चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्ने महाशाखाले निगरानीका साथै सूचना सङ्कलन तथा सादा पोसाकमा समेत टोली परिचालन गरी विशेष अभियान सञ्चालन गरिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।सोही क्रममा गएराति मोटरसाइकलसहित भक्तपु

छिमेक लघुवित्तको स्वास्थ्य सामग्री सहयोग

छिमक लघुवित्तले कोरोना महामारी नियन्त्रण तथा रोकथाकका लागि फ्रन्ट लाइनमा खटिने ट्राफिक प्रहरीको सुरक्षाका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । लघुवित्तले संस्थाको सामाजिक उत्तरदायित्वअन्र्तगत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सो स्वास्थ्य सामग्री सहयोग गरेको जनाएको छ ।उक्त सामग्री संस्थाका नायब महाप्रबन्धक श्री दिपकनिधि तिवारीले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईलाई हस्तातरण गरे […]

सिद्धार्थ इन्स्योरेन्सद्वारा मास्क र सेनिटाइजर वितरण

सिद्धार्थ इन्स्योरेन्सले महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंलाई पाँच हजार थान मास्क र २५ लिटर सेनिटाइजर प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सामग्री वितरण गरेको जनाएको छ । यसबाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने कम्पनीले विश्वास लिएको जनाएको छ ।

सिद्धार्थ इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर सहयोग

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर सहयोग गरेको छ ।  कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंलाई ५ हजार थान मास्क तथा २५ लिटर सेनिटाइजर प्रदान गरेको जनाएको छ । यसवाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।

शिवरात्रिमा काठमाडौंका यी स्थानमा सवारी आवागनमा रोक

भोलि (बिहीबार) शिवरात्रिका दिन पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चलाउन नपाइने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले सूचना जारी गर्दै पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी आवागमनमा रोक लगाएको हो।...

ट्राफिक प्रहरी महाशाखालाई २०० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान

मेरो  माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँलाई २०० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेको छ । सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने उद्देश्यले प्रदान गरेको उक्त संस्थाले जनाएको छ । उक्त ज्याकेट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल, प्रबन्धक राजु प्रसाद पुडासैनी लगायतको उपस्थितिमा महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाण्डौंका प्रमुख जनक भट्टराईलाई आज बुधबार हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । ट्राफिक प्रहरीले सडक दुर्घटना न्य...