काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले निषेधाज्ञाको समयमा हराएका मोटरसाइकल नियन्त्रणमा लिइ धनीलाई हस्तान्तरण गरेको छ। कोभिड १९ महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि सरकारले जारी गरेको निषेधाज्ञाको समयमा विभिन्न स्थानबाट हराएका मोटरसाइकल र स्कुटरलाई मंगलबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धीत धनीलाई हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएकोमा ३३ वटा मोटरसाइकल र ८ वटा स्कुटर […]