मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँलाई २०० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेको छ ।
सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने उद्देश्यले प्रदान गरेको उक्त संस्थाले जनाएको छ ।
उक्त ज्याकेट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल, प्रबन्धक राजु प्रसाद पुडासैनी लगायतको उपस्थितिमा महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाण्डौंका प्रमुख जनक भट्टराईलाई आज बुधबार हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
ट्राफिक प्रहरीले सडक दुर्घटना न्य...