माेरङ- निर्वाचन आयोगले मोरङमा जरिवाना नतिर्ने र कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका दुई उम्मेदवारी खारेज गरेको छ। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिके राउत नेतृत्वको जनमत पार्टीका दीपेन्द्र चौधरी र स्वतन्त्र उम्मेदवार प्रेम बर्देवाको उम्मेदवारी खारेज गरेको हो। कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार प्रदेश सभासदस्यतर्फ मनोनयन दर्ता गराएका दुईजनाको उम्मेदवारी खारेजी भएको हो। […]