अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्तलाई भारतीय नागरिक भन्दै सफाइ दिइएको मुद्दाका पूर्ण पाठ सार्वजनिक भएको छ । चैत १३ गते मात्रै प्रमाणित गरिएको फैसलाको पूर्ण पाठमा अभियुक्तले पेस गरेको भारतीय आधार कार्डकै आधारमा उनलाई भारतीय नागरिक भएको दावी गरिएको छ ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले २०७८ असोज ५ गते भारतीय नागरिक भन्दै सफाइ दिएका बाबुराजा रावल अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्त दुर्गाबहादुर बुढाथोकीलाई भारतीय नागरिक भन्दै सफाइ दिएका थिए ।सफाइलगत्तै फैसलाको विषयलाई ल