पाल्पा : तानसेन नगरपालिका कार्यपालिका सदस्य दिनेश गन्धर्वलाई जनप्रतिनिधिका नाताले निम्ता आउँछ‚ जानुपर्ने हुन्छ तर उनलाई व्यवहार फरक गरिन्छ।आफूसँगै गएका गैरदलित जनप्रतिनिधि सबैसँग हेलमेल गरेर हिँडेका हुन्छन्। दलित भएकै कारण आफूलाई कार्यक्रमस्थल भन्दा अलि टाढै राखेर कुरामा भुलाउँछन्। झट्ट हेर्दा विभेद नदेखिए पनि विभेद हुने गरेको अनुभव उनले सुनाए।नगरपालिकाको बैठकमा आफूहरूको आवाज सुन्दैनन्। साक्षी बस्न गएजस्तै लाग्छ। यसका लागि दलित समुदायका जनप्रतिनिधि एक भएर आवाज उठाउनुपर्ने बेला आएको ग