दसैंलाई लक्षित गर्दै व्यवसायीहरूले विभिन्न जिल्लाबाट खसीबोका उपत्यका भित्र्याउँछन् । अन्य समयको भन्दा धेरै माग हुने भएकाले भारतबाट समेत आयात गर्छन् । ती खसीबोकाहरू कत्तिको स्वस्थकर हुन्छन् त ? जानकारहरूका अनुसार माग पूर्ति गर्नका लागि अस्वस्थ खसीबोका पनि बिक्रीमा राखिएको हुन्छ । ती खसीबोका पहिचान गर्न पशु सेवा विभागले बढी चौपाया बिक्री हुने स्थानमा ४५ जनाभन्दा बढी पशु चिकित्सक खटाएको जनाएको छ ।