गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक पास गर्न सिंगो सदनमा सहमति हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि संशोधनकर्ताहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै उनले संविधानमा राखेको प्रावधानलाई समेटेर नै नागरिकता विधेयक अघि बढाउन लागेको बताएका हुन् ।