काठमाडौं। इडेन जेकोको निर्णायक गोलमा एएस रोमाले आयाक्सलाई समग्रमा ३–२ ले पराजित गर्दै युरोपा लिगको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ। गएराति रोमाले घरेलु मैदानमा १–१ को बराबरी खेलेको थियो। पहिलो लेगमा २–१ को नतिजा निकालेको रोमाले सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ। ब्रेन ब्रोब्बेको गोलबाट आयाक्सले ४९औं मिनेटमा अग्रता लिएको थियो। जेकोले ७२औं मिनेटमा बराबरी गोल फर्काए।