लेले सरस्वती कुण्डमा श्रीपञ्चमी मेला

काठमाडौँ : विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्दै बुधवार श्रीपञ्चमी पर्व मनाइएको छ।हरेक वर्षको माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा यसपाली पनि ललितपुरको लेलेमा रहेको सरस्वती कुण्डमा विशेष मेला लागेको छ।गोदावरी नगरपालिका वडा नम्बर ५ तिलेश्वर महादेवको प्राङ्गणमै अवस्थित जलरुपा सरस्वतीमा १० हजारभन्दा बढी श्रद्धालु भक्तजनले दर्शन गरेको मेला संयोजक निकेस श्रेष्ठले जानकारी दिए।श्री ज्ञानकुण्ड युवा क्लबले मेलाको ब्यवस्थापन गरेको थियो। सरस्वती कुण्डमा उपत्यका र आसपासका क्षेत्रबाट भक्तजनह

सम्बन्धित सामग्री

हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ: केपी ओली

श्रीपञ्चमी (सरस्वती पूजा)को शुभकामना सन्देश दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताको जीवनमा खुसी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताए।...

म पनि लेख्न सक्छु

१२ माघ, काठमाडौं । आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । सरस्वतीलाई विद्याकी देवीको रुपमा पूजा आराधना गरी मनाइँदैछ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतिदेवी, ललितपुरको लेलेलगायत देशभरका सरस्वती मन्दिरहरुमा बिहानैदेखि पूजा गर्नेहरुको घुइँचो छ । आजको दिन बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने चलन भएकाले अभिभावकहरु बालबालिकालाई लिएर मन्दिर पुगेका छन् । बालबालिकाले मन्दिरका भित्ता र वरपर चकले […]

आज श्रीपञ्चमी : सरस्वतीको पूजा आराधाना  गरी मनाइँदै

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा...

स्वयम्भूमा सरस्वती पूजा र अक्षराम्भ (तस्बिरहरु)

काठमाडौँ – हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आइतबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरि मनाईँदैछ । विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरि साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका […]

आज श्रीपञ्चमी ! देशभर विद्याकी देवीको सरस्वतीको पूजा गरिँदै

काठमाडौँ – आज सरस्वती पूजा, अर्थात् श्रीपञ्चमी देशभर विद्याकी देवी सरस्वतीको आराधनासहित पूजाआजा गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । आज संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ। आज साना बालबालिकालाई अक्षरारम्भ […]

मनाइयो श्रीपञ्चमी पर्व

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । सरस्वतीको पूजा आराधना गर्न विद्यार्थी एवं विद्याको क्षेत्रमा काम गर्नेको राजधानीको विभिन्न स्थानका सरस्वती मन्दिरमा भीड लागेको थियो । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी दे...

लेलेको सरस्वती कुण्डमा भक्तजनको भीड

ललितपुर / गोदावरी नगरपालिका–५ लेलेस्थित तिलेश्वरको सरस्वती कुण्डमा भक्तजनको भीड लागेको छ । यहाँ हरेक वर्ष माघ शुक्लपक्ष पञ्चमी अर्थात् ‘श्रीपञ्चमी’ पर्वका दिन दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । विद्याकी देवी सरस्वतीको पूजा र आराधना गर्न थुप्रै श्रद्धालु भक्तजन लेले सरस्वती कुण्ड आएका नं ५ का वडाध्यक्ष मिलन सिलवालले बताए । उनले भने, “मन्दिरमा बिहान ४... The post लेलेको सरस्वती कुण्डमा भक्तजनको भीड appeared first on Purbeli News.

सरस्वती पूजाको महिमा

श्रीपञ्चमी अर्थात् माघशुक्ल पञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ । श्रीपञ्चमीको यस महान् पर्वमा विद्याकी अधिष्ठात्री देवी सरस्वती माताको धुमधामसँग पूजा गरिन्छ । कुनै शुभकार्यको थालनी गर्दा श्रीपञ्चमीको दिनमा गरिने भएका हुनाले आजको दिनलाई साइत हेराउन नपर्ने कथन रहेको छ । विद्याकी अधिष्ठात्री देवीको रुपमा मानिएको सरस्वतीको स्वरुप पनि विद्या र बुद्धिसँग सम्बन्धित हुन्छ । त्यसैले […]