मनाइयो श्रीपञ्चमी पर्व

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । सरस्वतीको पूजा आराधना गर्न विद्यार्थी एवं विद्याको क्षेत्रमा काम गर्नेको राजधानीको विभिन्न स्थानका सरस्वती मन्दिरमा भीड लागेको थियो । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी दे...

सम्बन्धित सामग्री

शुभ नै शुभको पर्व वसन्त पञ्चमी

विद्याकी अधिष्ठात्री देवीका रूपमा विशेष पूजा–अर्चना गरिने उच्च महिमायुक्त सरस्वती पूजा यस वर्ष तिथिको घटबढका कारण फागुन ४ गते धूमधामका साथ मनाइयो । हामी नेपाली विभिन्न चाडपर्वका धनी छौँ । यस्तै महत्वपूर्ण पर्वमध्ये माघ शुक्ल पञ्चमी तिथिका दिन धूमधामका साथ मनाइने श्रीपञ्चमी पर्व विशेष गरी विद्यार्थी वर्गका लागि सरस्वती आराधनाको विशिष्ट पर्व मानिन्छ । मानव […]