नेर्पा स्वास्थ्य चौकीबाट भिडियो एक्सरे सेवा शुरू

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा पहिलोपटक भिडियो एक्सरे सेवा शुरू भएको छ । स्वास्थ्य सेवा विभाग र त्रिवेणी गाउँपालिकाको सहयोगमा नेर्पा स्वास्थ्य चौकीमा एक्सरे सेवा सञ्चालन गरिएको त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण बुढाले जानकारी दिए । विभागबाट मेशिन प्राप्त भएको र भवन तथा जडानका लागि गाउँपालिकाबाट करीब १२ लाख सहयोग भएपछि सेवा शुरू गरिएको हो । नेर्पा स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा शुरू भएपछि गर्भवती महिला र आपत्कालीन सेवाग्राहीलाई जिल्ला अस्पताल वा दाङ झर्नुपर्ने बाध्यता हटेको छ । सेवालाई थप प्रभावकारी बनाउन शुरूमा अन्यत्रभन्दा सस्तो दरमा सेवा प्रवाह गरिरहेको रेडियो ग्राफर दिनेश महराले बताए । अन्यत्र ५ सयभन्दा बढी लाग्ने एक्सरे सेवा नेर्पा स्वास्थ्य चौकीले ३ सयमै प्रदान गरिरहेको छ । रासस

सम्बन्धित सामग्री

बुटवलमा गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क

बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि ‘अल्ट्रासाउण्ड’ भिडियो एक्सरे सेवा निःशुल्क सुरु गरेको छ।

गाउँमा भिडियो एक्सरे सेवा

काठमाडौँ,२ कार्तिक । बागलुङको काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य इकाईमा अल्ट्रासाउण्ड (भिडियो एक्सले मेसिन) सहयोग उपलब्ध भएपछि यहाँका गर्भवती महिलाको परीक्षणमा सहयोग पुगेको छ । लायन्स क्लब अफ स्वीन्डोन चौतारी युके तथा युकेमा बस्ने नेपालीले सङ्कलन गरेको सहयोगले युकेमै खरिद गरिएको अल्ट्रासाउण्ड मेसिन (भिडियो एक्सरे) धम्जा सामुदायिक स्वास्थ्य इकाईलाई सहयोग गरिएको हो । गाउँमै […]

गर्भवतीलाई गाउँमै भिडियो एक्सरे सेवा

गाउँमा भिडियो एक्सरे सेवा नहुँदा पाल्पाको निस्दी गाउँपालिकाका गर्भवतीलाई सदरमुकाम तानसेन तथा रामपुर धाउनुपर्थ्यो । उनीहरुलाई भिडियो एक्सरे सेवा लिन एक दिन पुरै बिताउनुपर्थ्यो । अब भने यहाँका गर्भवतीलाई सो सेवाका लागि अन्यत्र जाने समस्या टरेको छ । पालिकाले गर्भवतीलाई लक्षित गरी निःशुल्क ग्रामीण भिडियो एक्सरे सेवा सञ्चालन गरेको छ । पालिकाका सातवटै वडामा रहेका स्वास्थ्य चौकीमार्फत प्रत्येक महिना एक दिन सेवा दिन थालिएको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिसाले जानकारी दिए । वडा नं १ को बाकामलाङ स

गर्भवतीलाई निः शुल्क भिडियो एक्सरे सेवा

काठमाडौँ,९ साउन । गोरखाको भीमसेन थापा गाउँपालिकाले वडावडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गरेको छ । गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने कालागि निःशुल्क भिडियो एक्सरे सेवा थालनी गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए । गर्भमा रहेको नवजात शिशुको अवस्था थाहा पाउन र समस्याको समयमा नै पहिचान गरी […]

गर्भवतीलाई निः शुल्क भिडियो एक्सरे सेवा

गोरखाको भीमसेन थापा गाउँपालिकाले वडावडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गरेको छ । गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने कालागि निःशुल्क भिडियो एक्सरे सेवा थालनी गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयोे ।

भिडियो एक्सरे सेवा लिँदा सजग रहन आग्रह

काठमाडौं : मापदण्ड विपरीत अनधिकृत व्यक्तिबाट अल्ट्रासाउण्ड (भिडियो एक्सरे) लगायतका रेडियोलाेजिष्ट सेवा दिएर बिरामीको स्वास्थ्यमाथि नै खेलबाड हुने गरेको पाइएको  हुँदा याे सेवा लिँदा सचेत रहन आग्रह गरिएको छ।नेपाल रेडियोलोजिष्ट एसोसिएसनले आज एक विज्ञप्ति निकाल्दै अल्ट्रासाउण्डलगायतका रेडियोलोजी सम्बन्धी सेवाहरु अनधिकृत व्यक्तिबाट नलिन सर्वसाधारणलाई आग्रह गरेकाे हो।नेपाल स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड २०७७ को पनि बर्खिलाफ हुने हुँदा सो कार्यलाई निरुत्साहित गर्न र आवश्यक कारबाही गर्न स

गर्भवती महिलाको गाउँमै पुगेर गर्भ परिक्षण

सल्यान :  जिल्लाको दार्मा गाउँपालिकाले गर्भवती महिलाको गाउँमै पुगेर गर्भ परिक्षण सेवा दिन थालेको छ।स्थानीय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्न भन्दै गाउँपालिकाले चिकित्सक सहितको टोली गर्भवतीको गाउँमै पुगेर गर्भ परिक्षण अन्तरगत आल्ट्रसाउण्ड (भिडियो एक्सरे) सेवा दिएको हो।स्थानीय स्तरमै भिडियो एक्सरे सेवा सञ्चालनमा आएपछि गर्भवती महिलालाई चेकजाँच गराउन सहज भएको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले जानकारी दिए। गर्भ परिक्षण गराउन शहर बजार जानु पर्ने बाध्यतालाई हटाउन गाउँमै गर्भ पर

गर्भवतीलाई लक्षित गरी गाउँमा भिडियो एक्सरे सेवा

सुनसरी जिल्लाको सीमावर्ती कोशी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी गाउँगाउँमा भिडियो एक्सरे सेवा दिने भएको छ । बुधबार कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले भिडियो एक्स–रे मेसिन लौकही स्वास्थ्य चौकीका ललिता यादवलाई हस्तान्तरण गरेसँगैं गर्भवतीलाई लक्षित गरी गाउँमा भिडियो एक्सरे सेवा दिने भएको हो ।

दुर्गममा भिडियो एक्सरे सेवा

जुम्लाको सिँजा क्षेत्रको एक स्वास्थ्यचौकीमा भिडियो एक्सरे सेवा शुरु भएको छ। कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकीमा मिनि भिडियो एक्सरे सञ्चालनमा आएको छ।

इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा

बैतडी, माघ ७ गते । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा आएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास...