काठमाडौं : मापदण्ड विपरीत अनधिकृत व्यक्तिबाट अल्ट्रासाउण्ड (भिडियो एक्सरे) लगायतका रेडियोलाेजिष्ट सेवा दिएर बिरामीको स्वास्थ्यमाथि नै खेलबाड हुने गरेको पाइएको हुँदा याे सेवा लिँदा सचेत रहन आग्रह गरिएको छ।नेपाल रेडियोलोजिष्ट एसोसिएसनले आज एक विज्ञप्ति निकाल्दै अल्ट्रासाउण्डलगायतका रेडियोलोजी सम्बन्धी सेवाहरु अनधिकृत व्यक्तिबाट नलिन सर्वसाधारणलाई आग्रह गरेकाे हो।नेपाल स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड २०७७ को पनि बर्खिलाफ हुने हुँदा सो कार्यलाई निरुत्साहित गर्न र आवश्यक कारबाही गर्न स