बुटवलमा गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क

बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि ‘अल्ट्रासाउण्ड’ भिडियो एक्सरे सेवा निःशुल्क सुरु गरेको छ।

सम्बन्धित सामग्री

विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड

जाजरकाेट – बारेकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ। आर्थिक अभावका कारण  अल्ट्रासाउण्ड गर्न नपाएका यहाँका महिलालाई गाउँपालिकाले निःशुल्क सेवा प्रदान गरेपछि दैनिक सेवा लिनेको सङ्ख्या बढ्न थालेको स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख रामबहादुर रोकायले बताए। गाउँ–गाउँमा स्वास्थ्य संस्था भए पनि लिम्सास्थित  स्वास्थ्य संस्थामा र  सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्र अल्ट्रासाउण्ड […]

स्वास्थ्यचौकीमा निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु

अर्घाखाँची । मालारानी गाउँपालिका–५ बागीको स्वास्थ्यचौकीमा निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरिएको छ । गाउँमै अल्ट्रासाउण्ड सेवा पाएपछि बागीका महिला खुसी भएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य नीति : नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क

मंसिर ९, कास्की । गण्डकी प्रदेश सरकारले आम नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने गरी स्वास्थ्य नीति बनाएको छ । मन्त्रिपरिषदको बैठकले ‘गण्डकी प्रदेश स्वास्थ्य नीति २०७८’ जारी गर्दै प्रदेशका आम नागरिकलाई सहजरुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने योजना बनाएको हो । प्रदेशका प्रत्येक स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी उपलब्ध गराउने उद्देश्यले नयाँ स्वास्थ्य नीतिमा ‘एक स्वास्थ्यसंस्थामा एक चिकित्सक र एक स्वास्थ्यकर्मी’को नीति अबलम्वन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले बताइन् ।  राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा शहिद तथा बेपत्ता, घाइते अपांगता भएका व्याक्ति र परिवारको स्वास्थ्यको सुनिश्चितता सहित प्रदेश मातहतका अस्पताल मार्फत निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य नीतिमा समेटिएको उनको भनाइ छ । मन्त्री अधिकारीका अनुसार नागरीकको मौलिक हकका रुपमा कानूनमै आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता उल्लेख गरिएकाले यसलाइ कार्यान्वयन गर्ने दायित्व प्रदेश सरकारको भएकाले नयाँ नीति मार्फत अगाडी बढाइएको हो । संघियताको मर्म बमोजिम संघ र स्थानिय तहसँग सहकार्य गर्दे गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा आमनागरीककोे पहुँच सुनिश्चित गर्ने कार्यको आरम्भ प्रदेश स्वास्थ्य नीतिबाट हुनेछ । स्वास्थ्य नीतिमा बीमा लागू भएका अस्पतालहरुमा सार्वजनिक सुनुवाइ कार्यक्रम लागू गरी स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन संयन्त्र निर्माण गरी थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ । प्रदेशभित्र पाइने विभिन्न जडिबुटीलाई उत्पादन गर्न प्रोत्साहन गर्ने समेत स्वास्थ्य नीतिमा उल्लेख गरिएको छ ।  प्रदेशमा विशेषज्ञ र विशिष्टिकृत (मुटु, मृगौला, कलेजो, क्यान्सर, मानसिक रोग) स्वास्थ्य सेवाको विस्तार गरी गुणस्तरीय सेवामा सबैको पहुँच वृद्धि गर्दै लगिने समेत उल्लेख छ ।  त्यसैगरी मुख, नाक, कान, घाँटी र आँखा सम्बन्धी स्वास्थ्य सेवालाई वर्तमान स्वास्थ्य सेवा प्रणालीमा एकीकृत गरी सञ्चालन गर्ने योजना रहेको छ ।  व्याक्तिको आयआर्जनका लागि पनि जडिबुटी उत्पादन तथा प्रशोधनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्री अधिकारीले बताइन् ।  त्यसैगरी, प्रदेशलाई चाहिने स्वास्थ्यकर्मी र विशिष्ट दक्ष जनशक्तिका लागि छात्रवृत्तिको व्यवस्था मिलाईने कुरा नीतिमा उल्लेख छ । गण्डकी प्रदेश पर्यटकहरुको प्रमुख स्थल भएकाले अन्तरराष्ट्रिय पर्यटकीय चिकित्सा केन्द्रको रुपमा विकास गर्दे पर्यटकमैत्री स्वास्थ्य सेवा सुनिश्चित गर्ने योजना समेत अगाडी बढाइएको छ ।  त्यसैगरी, किशोरीका लागि आइरन लगायतका आवस्यक औषधिहरु उपलब्ध गराउने लगायतका विषय पनि नीतिमा समावेश गरिएको छ । त्यसैगरी, प्रदेश सरकारले एक पालिका एक ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ ।