नेपालको सबैभन्दा ठूलो रिटेल चेनको रुपमा रहेको भाटभटेनी सुपर मार्केटमा पनि अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । नेपाल पे क्युआरलाई ग्राहकले नेपाल पेको सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट अथवा कनेक्ट आइपिएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा सोको फोकसवान् सोलुसन्सको सहकार्यमा सुचारु गरिएको हो । उक्त स्टोरमा डाइनामिक नेपाल पे क्युआर राखिएको हुँदा ग्राहकले सजिलै स्क्यान गरी भु