राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनलाई आज भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उहाँले महामारीबाट सिकेको महत्वपूर्ण पाठमा जोड दिँदै नवीन र गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने खाँचो औँल्याउनुभयो । राष्ट्रपति भण्डारीले नेपालजस्ता विकासोन्मुख देशको आर्थिक पुनरुत्थानका …