जलाधार क्षेत्र संरक्षणमा राष्ट्रपतिको जोड

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउनसक्ने जलसंकटको चुनौतीलाई मध्यनजर गर्दै जलाधार क्षेत्र संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। ग्रामीण भेगमा आहाल, पोखरी र ताल तलैया निर्माण गर्नेजस्ता परम्परागत विधिको संवर्धन गर्नुपर्ने बताए । विश्व पानी दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले भूमिगत जलस्रोतको पुनर्भरणमा जोड दिएका छन्। शहरी क्षेत्रमा वर्षाको पानीमार्फत पुनःभरणको विकल्प सहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्ने उनको भनाइ छ