मनाङ : हिमाली जिल्ला मनाङको सबैभन्दा अग्लो र विकट क्षेत्र नार्पाभूमिको मतपेटिका आज हेलिकप्टरमार्फत ल्याइने भएको छ। यहाँको मौसम अनुकूल भएपछि हेलिकप्टरमार्फत मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने भएको हो। हालसम्म सडक पहुँचमा नपुगेको नार्पाभूमि गाउँपालिकाका सबै मतदान केन्द्रबाट मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए। चार हजार दुई सय मिटर उचाइमा रहेको मतदान केन्द्रबाट मतपेटिका ल्याउँदा हिउँमा समस्या हुनसक्छ भनेर हेलिकप्टरको व्यवस्थ