पर्याप्त भण्डारण कक्ष नहुँदा खोप राख्‍नै समस्या

काठमाडौँ - नेपालमा पछिल्लो समय कोभिड-१९ विरुद्धको खोप दिनदिनै आइरहेको छ। हालसम्म विभिन्‍न मुलुकबाटगरी कूल ३ करोड ८५ लाख ३९ हजार २८० कोभिडविरुद्धको खोप ल्याइसकिएको छ । भेरोसेल, कोभिशिल्ड, फाईजर, मोर्डना जोन्सन एण्ड जोन्सन र अष्‍ट्राजेनिका खोप नेपाल भित्रिएको हो।  सोमबार मात्र भारत र चीनबाट दुव…

सम्बन्धित सामग्री

युनिसेफको अनुदानमार्फत ५० लाख सिरिञ्ज आइपुग्यो

काठमाडौ : पछिल्लो समय कोरोनाविरुद्धको खोप पर्याप्त भए पनि सिरिञ्‍ज अभाव भइरहेको अवस्थामा युनिसेफले अनुदानमार्फत ५० लाख सिरिञ्‍ज उपलब्ध गराएको छ।खोपको भण्डारण ठूलो मात्रामा भएको तर, सिरिञ्‍ज कम भएपछि पछिल्लो समय कोरोनाविरुद्धको खोप अभियान सुस्त भएको थियो।खोपको म्याद सकिनै लागे पनि सिरिञ्‍ज अभावले समस्या भएको थियो। ० दशमलव ५ एमएलको ५० लाख सिरिञ्‍ज उपलब्ध भएसँगै केही समय सहज रूपमा खोप अभियान सञ्चा‍लन हुनेछ।शुक्रबार युनिसेफको अनुदानमार्फत ५० लाख सिरिन्ज प्राप्त

पर्याप्त भण्डारण कक्ष नहुँदा खोप राख्‍नै समस्या

काठमाडौँ - नेपालमा पछिल्लो समय कोभिड-१९ विरुद्धको खोप दिनदिनै आइरहेको छ। हालसम्म विभिन्‍न मुलुकबाटगरी कूल ३ करोड ८५ लाख ३९ हजार २८० कोभिडविरुद्धको खोप ल्याइसकिएको छ । भेरोसेल, कोभिशिल्ड, फाईजर, मोर्डना जोन्सन एण्ड जोन्सन र अष्‍ट्राजेनिका खोप नेपाल भित्रिएको हो।  सोमबार मात्र भारत र चीनबाट दुव…

कसैलाई खोप नपाएर चिन्ता, नेपाललाई धेरै आएर

नेपालमा कोरोनाभाइरस (कोभिड–१९)विरुद्धको खोप धमाधम आउन थालेपछि भण्डारमा समस्या भएको छ । व्यवस्थापन शाखाले खोप भण्डारण तथा व्यवस्थापनमा समस्या देखेपछि २० डिसेम्बर अर्थात् पुस ५ गते नेपाल आइपुग्ने १८ लाख ७० हजार ५०० मात्रा खोपलाई पोस्पोण्ड अर्थात् खोप आइपुग्ने समयलाई धकेलेको छ । पुस ५ गते नै भेरोसेल खोप १२ लाख १ हजार ८ सय ८७ भाइल आउने पहिला नै निश्चित भएकाले र त्यही दिनै कोभिशिल्ड खोप पनि आइपुग्ने भएकाले दुवै खोपलाई एकै दिनमा भण्डारण गर्न समस्या भएपछि कोभिशिल्ड खोप ल्याउने समयलाई धकेलिएक

फाइजरको खोप ल्याए भण्डारण गर्न समस्या हुने

नेपालले १२ वर्ष उमेरमाथिकालाई दिन मिल्ने फाइजरको खोप ल्याउन खोजे पनि भण्डारण कक्ष अभाव रहेको परिवार कल्याण महाशाखाले जनाएको छ। अमेरिकाले कोभ्याक्समार्फत अक्टोबरभित्र फाइजरको एक लाख डोज खोप दिने भएको छ। त्यस्तै सरकारले डिसेम्बरभित्र थप ४० लाख डोज खरिद गरी ल्याउन उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको महाशाखाले जनाएको छ। नेपाल सरकारले अक्टोबरभित्र एकतिहाइ जनतालाई खोप दिइसक्ने जनाएको छ।फाइजरको खोप भण्डारण स्थल बनाएर मात्र ल्याउन सकिने अवस्था छ। फाइजरको खोप माइनस ७० डिग्री ताफक्रममा मात्र भण्डारण गर्न म

कर्णालीमा ‘कोल्ड स्टोर’ नहुँदा खोप आपूर्तिमा समस्या

काठमाडौं । कर्णाली प्रदेशका अधिकांश जिल्लामा कोल्ड स्टोर नहुँदा कोरोनाको खोप भण्डारण तथा व्यवस्थापनमा समस्या भएको छ । सुर्खेत र जुम्ला बाहेकका जिल्लामा पूर्ण क्षमताका कोल्ड स्टोर नहुँदा खोप आपूर्तिमा समस्या भएको हो । खोप भण्डारणको समस्याका कारण प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जिल्लाहरुमा हवाइजहाज तथा स्थलमार्गबाट तत्काल आवश्यक खोप आपूर्ति गर्दै आएको जनाइएको छ । […]

कर्णालीमा ‘कोल्ड स्टोर’ नहुँदा कोरोनाविरुद्धको खोप भण्डारणमा समस्या

कर्णाली– कर्णालीका अधिकांश जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा कोरोनाको खोप भण्डारण तथा व्यवस्थापनमा समस्या देखिएको छ। सुर्खेत र जुम्ला बाहेकका जिल्लामा पूर्ण क्षमताका ‘कोल्ड स्टोर’ नहुँदा खोप आपूर्तिमा कठिनाइ भएको देखिएको हो। ती जिल्लामा खोप भण्डारणको समस्याले गर्दा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले तत्काल आवश्यक खोप मात्र आपूर्ति गर्दै आएको छ। निर्देशनालयका अनुसार कर्णालीका हुम्ला, […]

खोप पर्याप्त पाउने सम्भावना, फरक तापक्रममा भण्डारण र वितरण समस्या

विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लगाउने थुप्रै खोपहरु उत्पादन भए पनि नेपालमा यस्ता सबै खाले खोपको भण्डार तथा वितरण गर्ने शीतभण्डार लगायतका उपकरणको अभाव छ । विभिन्न देशमा उत्पादन भई विश्व स्वास्थ्य संगठनले मान्यता दिएका खोपहरु सामान्यतया तीन प्रकारको तापक्रममा भण्डारण गर्नु पर्ने हुन्छ । त्यस मध्ये दुईदेखि आठ डिग्रीसेल्सियससम्म भण्डारण गर्न मिल्ने उपकरण मात्र नेपालमा रहेको स्वास्थ्य सेवा विभागका बरिष्ठ फार्मेसिष्ट बढेबाबु थापाले जानकारी दिनुभयो । दाताहरुले अन्य दुई प्रकारका तापक्रममा भण्डारण गर्नु पर्ने खोप उपलब्ध गराए पनि उपकरण अभावले लिने अवस्था नरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार माइनस १५ देखि २५ डिग्रीसेल्सियस र माइनस ६० देखि ८० डिग्रीसेल्सियस तापक्रममा भण्डारण गर्नु पर्ने खोपको उपकरण नहुदाँ खोप आयतमा समस्या हुने गरेको छ ।

खोप भण्डारणमा समस्याः चाँडो खोप कार्यक्रम गर्न प्रस्ताव

काठमाडौं। भण्डारणमा समस्या भएपछि चीनबाट खरीद गरिएको दश लाख डोज खोप साउन पहिलो साताबाट लगाउन प्रस्ताव गरिएको छ। स्वास्थ्य सेवा विभागले साउनको पहिलो साताबाटै खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रस्ताव गरेको हो। व्यवस्थापन महाशाखाका अनुसार टेुकमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्र र त्रिभुवन विमानस्थलमा रहेको कोल्ड रुममा अहिले भेरोसेलको १० लाख डोजभन्दा बढी खोप भण्डारण गर्न सकिँदैन।

कानुनी बाटाे खुल्याे, भण्डारण समस्या, क्षमता थप्ने तयारी

कोरोना भाइरसको खोप बनेको समाचार दैनिक रुपमा आइरहेका छन् । खोप बनेसँगै त्यसको अन्तिम परीक्षण गर्ने र त्यसलाई कसरी विश्वका सबै देशमा पु¥याउन सकिन्छ भनेर कोभ्याक्स टिम (विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंक) तयारी थालेको छ । अहिले नेपालमा माइनस १८ डिग्रीसम्म खोपको भण्डारण गर्न सक्ने क्षमता छ । अहिले भएको क्षमतामा केही थप गरेमा डब्ल्युएचओले उपलब्ध गराउने तीन प्रतिशत खोप भण्डारण गर्न सक्ने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताउनुभयो । अहिले हामीसँग भएको भण्डारणमा केही थप गरेमा तीन प्रतिशतमा पुग्ने भण्डारण गर्न सक्छ । त्यस्तै नेपालमा विगतदेखिनै भण्डारण गदैै आएको र २ डिग्रीदेखि ८ डिग्रीसम्मको आठ लाख डोज भण्डारण गर्न सक्ने क्षमता नेपालसँग रहेको डा. शर्माले भन्नुभयो ।