काठमाडौ : पछिल्लो समय कोरोनाविरुद्धको खोप पर्याप्त भए पनि सिरिञ्ज अभाव भइरहेको अवस्थामा युनिसेफले अनुदानमार्फत ५० लाख सिरिञ्ज उपलब्ध गराएको छ।खोपको भण्डारण ठूलो मात्रामा भएको तर, सिरिञ्ज कम भएपछि पछिल्लो समय कोरोनाविरुद्धको खोप अभियान सुस्त भएको थियो।खोपको म्याद सकिनै लागे पनि सिरिञ्ज अभावले समस्या भएको थियो। ० दशमलव ५ एमएलको ५० लाख सिरिञ्ज उपलब्ध भएसँगै केही समय सहज रूपमा खोप अभियान सञ्चालन हुनेछ।शुक्रबार युनिसेफको अनुदानमार्फत ५० लाख सिरिन्ज प्राप्त