काठमाण्डाै – मोरू डिजिटल वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ । पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरू डिजिटल वालेट एपमार्फत स्मार्ट क्यूआर सेवा सुरु गरेको हो ।
यससँगै मोरू एप प्रयोगकर्ताले देशभरका एक लाख साठी हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । साथै मोरू वालेट प्रयोगकर्ताले अहिले बिग मार्टमा किनमेल गर्दा मोरू वालेटमार्फत स्मार्ट क्यूआर प्रयोग गरी भुक्तानी गरेमा १५ दशमलव वा तीन सय रुपैयाँसम्मको आकर्षक छुट प्राप्त गर्...