जिल्ला प्रशासन कार्यालय उदयपुरले ई–पासपोर्ट (विद्युतीय राहदानी) का जिल्लामै निवेदन लिन थालेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरका कम्प्युटर अपरेटर सुनिल पोखरेलका अनुसार यसका लिग प्रशासन कार्यालयबाट अनलाइन फारम भर्ने र कागजातहरू सिष्टममा अपलोड गर्न थालिएको छ । अपरेटर पोखरेलले भने ‘हामीले अपलोड गर्ने कागजातहरू चार सय किलो वाइटभन्दा कम साइजको हुनुपर्छ । यसका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य चाहिन्छ ।नयाँ प्रविधि भएकाले समय लाग्ने र आलोपालो मिलाउनु पर्ने भएकाले फारम