काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई व्यवसायीलाई उक्त विवरण उपभोक्ताले स्पष्ट देख्ने गरी मिठाई राख्ने […]
काठमाडौँ । लगानी बोर्डको कार्यालयले आफ्ना कर्मचारीहरूले ठेकेदारबाट रकम, आईफोन र मिठाईसहितका उपहार लिएको भन्दै गरिएको प्रचारको खण्डन गरेको छ । कार्यालयले उक्त आरोपलाई भ्रामक तथा तथ्यहीन भन्दै कर्मचारीहरूको मानमर्दन गर्ने उद्देश्यले भिडियो सामग्री सार्वजनिक गरिएको दाबी गरेको छ । बोर्डले शुक्रबार जारी गरेको प्रेस नोटअनुसार असोज २९ गते बिहीबार दिउँसो ४:३० बजे प्रमुख कार्यकारी […]
सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गरिएको छ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको धानखेतमा हात्तीलाई मारेर गाडेको भेटिएपछि एक जनालाई पक्राउ गरिएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेकाले पक्राउ गरिएको व्यक्तिको नाम सार्वजनिक गरिएको छैन । नियमित गस्तीमा आउने कोशीटप्पु वन्यजन्तु आरक्षको टोलीले कङ्कालिनी मन्दिरदेखि करिब एक किलोमिटर […]
३० असोज,काठमाडौं । निर्वाचन आयोगद्वारा गठित अध्ययन समितिले विदेशमा रहेका नेपाली नागरिक तथा आफ्नो मतदाता नामावली रहेको जिल्लाभन्दा बाहिर रहेका मतदातालाई मतदानमा सहभागी गराउन सकिने खालको प्रतिवेदन तयार गरेको छ ।
पोस्टल भोटिङ , इन्टरनेटमा आधारित …
काठमाडौं । दसैं मनाउन घर फर्किने तयारीमा छिन् सीता, खड्का (नाम परिवर्तन) । काठमाडौंमा बस्दै आएकी उनलाई दसैं मनाउन पोखरा जानुछ । लामो समयपछि परिवारसँग भेट्ने, आफन्तसँग रमाउने र दसैंको टीका लगाउने उत्साह मनमा छ …