‘उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’

काठमाडौं–  देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई टिकट बोकेर चार दिनदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चक्कर लगाइहेका छन् । दिनहुँ विमानस्थल पुग्छन्, उडान रद्द भएको सूचना पाएसँगै निराश भएर फर्किन्छन् । रोमानीयामा रोजगार गर्दै आएका तामाङ दुई महिनाको घर बिदा […]