नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले त्रुटिपूर्ण संविधानका कारण मुलुकमा अस्थिरता निम्तिएको बताएका छन् । आइतबार जनकपुरधाममा लोसपा महिला परिवारले जितिया पर्वको पूर्व सन्ध्यामा आयोजना गरेको कार्यक्रममा उनले संविधानको धारा ७६ कै कारण राजनीतिक अस्थिरता निम्तिएको बताए ।संविधानको धारा ७६ मा सरकार गठन र विस्थापनबारे प्रस्ट व्याख्या भएको भए अहिलेको अवस्था सिर्जना नहुने उनको भनाइ थियो । मुलुकमा राजनीतिक अस्थिरता कायम रहे पनि आफूहरुले मधेसको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई ध्याना