तिहारलाई रोपेको सयपत्री चाँडै फुलेपछि टिपेर फाल्दै किसान, फूलको अर्डर नआएको गुनासो

चितवन । तिहारअघि नै सयपत्री फूल ढकमक्क फुलेपछि फूल खेती गर्दै आएका किसान चिन्तित भएका छन् । अघिल्लो वर्ष यही समयमा तिहारमा फूल बेचेका किसान यो वर्ष कात्तिकको अन्तिम साता मात्र तिहार परेकाले फूल खेर जान्छ कि भन्नेमा चिन्तित भएका हुन् ।  अघिल्ला वर्ष फूल खेतीको माग अत्यधिक देखेर यो वर्ष नयाँ किसानले पनि फूल खेती गरेका थिए ।   भरतपुर महानगरपालिका वडा नम्बर २६ का दीपक पाख्रिन तिहारअगावै फूल फुलेपछि ओइल्याउँछ कि भन्ने चिन्ता लागेको बताउँछन् । ‘तिहार आएकै छैन, अहिले नै फूल फुलिसक्यो,’ उनले भने, ‘अर्डर पनि आएको छैन । खोइ यसपाली त फूल ओइल्याएर जान्छ कि ?’ उनले अहिले ४ विघामा कलकत्ते, टेनिस, अरेन्जबल जातका सयपत्री लगाएका छन् भने वडा नम्बर २७ मा थप २ विघामा अन्य जातको फूल लगाएका छन् ।  उनले सयपत्री फूल बाह्रैमास विक्री गर्छन् । तिहारलाई लक्षित गरी राेपिएका फूल चाडै फुल्दा खेर जाने चिन्ता भएको उनले बताए । ‘अब यो फूल टिपौं विक्री नहोला भन्ने डर, नटिपौं तिहारको लागि कोपिला फक्रिन्न कि भन्ने पीर,’ उनले भने ।  कतिपय किसानले तिहारलाई लक्षित गरी फूल खेती गरे पनि समयअगावै (तिहारअघि) नै फूल फुलेको उनले बताए । किसानका अनुसार कलकत्ते फूल रोपेको ५५ दिनमा र टेनिस फूल ४५ दिनमा फुल्न शुरु गर्छ । र, सय दिनसम्म फूल फुलेर तयार हुन्छ ।  भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित उज्जवल नर्सरीका सञ्चालक ईश्वर श्रेष्ठ यो पटक फूल चाडै नै फूलेको र उत्पादन पनि दोब्बरजसो भएको बताउँछन् । उनले डेढ विघाहा क्षेत्रफलमा फूल लगाएका छन् । तिहारअघि नै फूल फुलेकाले टिपेर फाल्नु परेको उनले बताए । ‘अहिले फूल ठूलो साइज र पूर्णरूपमा फक्रेको छ,’ उनले भने, ‘यो फूल टिपेर फालिएन भने नयाँ फूल फुल्दैन ।’ हाल आफूले फूल टिपेर राखेको तर अर्डरसम्म नआएको उनले बताए ।  सयपत्री फूल धेरै दिनसम्म भण्डारण गर्न नसकिने किसान बताउँछन् । ‘यो फूल धेरैमा १० दिनसम्म शीतभण्डार गर्न सकिन्छ, त्यसपछि काम लाग्दैन,’ भरतपुर–२३ की किसान सुजाता देवकोटाले भनिन् ।  बाह्रैमासे फूल खेती गर्ने किसानले समय हेरेर फूल लगाए पनि अधिकांश किसानले फूल रोप्न हतार गरेका कारण सयपत्री तिहारअघि नै फुलेको उनको भनाइ छ । ‘बिरुवा पाइन्न कि भनेर नयाँ किसानले चाडै नै रोप्नुभयो, अहिले चाडै नै फुलेर खेर जाने भयो,’ उनले भनिन् ।  लामो समयदेखि फूल खेती गर्ने किसानले समय हेरेर फूल लगाएकाले त्यति धेरै फूल खेर नगए पनि तिहारलक्षित फूल खेती गरेका किसानको लगानी भने जोखिम रहेको बताउँछन् फ्लोरिकल्चर एशोसियशन, चितवनका सचिव शुलभ श्रेष्ठ । ‘बीउ बेच्ने किसानले गर्दा नै अहिले नयाँ किसानलाई मर्का पर्यो,’ श्रेष्ठले भने, ‘न अहिले बिहे व्रतबन्धको लगन छ न त तिहार नै आएको छ । फूलचाहिँ पूर्णरूपमा फुलिसक्यो ।’ अघिल्ला वर्षहरूमा जस्तै अधिकांश किसानले असारमै फूल रोप्दा असोजमै फुलेको उनले बताए । ‘अब फूल कि खेर फाल्ने कि ओइलिएर जाने अरु विकल्पै रहेन,’ उनले भने । यस वर्ष फूल उत्पादन राम्रो भए पनि बजार नहुँदा चिन्ता थपिएको उनले बताए ।

सम्बन्धित सामग्री

‘खेर गयो सयपत्री’ (तस्बिरसहित)

काठमाडौँ – तिहारमा सयपत्री, मखमली फूलको छुट्टै महत्त्व छ। सयपत्री फूल तिहारमा माला बनाउन तथा पूजा गर्न प्रयोग गरिन्छ। तर, यो वर्ष सयपत्री फूलको बिक्री सोचेकोजस्तो नहुँदा फाल्नु परेको छ। कालीमाटीमा व्यवसाय गर्दै आएकी कविता खतिवडाले गत वर्षजस्तो फूल बिक्री नभएको बताइन्। यसपाली २० रुपैयाँ किलो दिँदा पनि बेच्न नसकिएको उने बताइन्। ‘यो वर्ष पहिलाभन्दा […]

तनहुँका कृषकलाई सयपत्री फूल टिप्न चटारो

तनहुँका कृषकलाई यतिबेला सयपत्री फूल टिप्न चटारो छ। तिहारका बेला सयपत्री फूलको माग बढी हुने भएकाले कृषक यतिबेला फूल टिपेर माला बनाउने काममा व्यस्त छन्।...

आँबुखैरेनीबाट सयपत्री कतार निर्यात

जिल्लाको आँबुखैरेनी गाउँपालिकाले पहिलोपटक दोहाको कतारमा सयपत्री निर्यात भएको छ।

सूर्य नेपालको सयपत्री पूजा अगरबत्ती बजारमा

सूर्य नेपाल प्रालिले आफ्नो मंगलदीप सयपत्री पूजा अगरबत्ती सार्वजनिक गरेको छ । आकर्षक प्याकेजिङले सुसज्जित सयपत्री अगरबत्तीको हरेक प्याकमा नौ इन्चका ४० वटा काँटीहरू रहेका छन् । कम्पनीले सयपत्री अगरबत्तीको प्रत्येक प्याकको बिक्री मूल्य ५० रुपैयाँ कायम गरेको छ । यस अगरबत्तीमा सयपत्री फूलको सुगन्ध भएकोले हरेक शुभकार्यका निम्ति उपयुक्त हुनुका साथै पूजाको पावन अनुभव […]

तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री

गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले यस वर्ष चार बिघामा फूल रापेका थिए। सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ।...

तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री

तिहारमा चितवनका एउटै किसानले रु सात लाखको सयपत्री फूल बेचेका छन् । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु सात लाखको फूल बेचेका हुन् । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्गे आम्दानी भएपछि उनले यस वर्ष चार बिघामा फूल रोपेका थिए। सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ । पाख्रिनले भने, “गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको फूलले

लमजुङमा ढकमक्क फुल्यो सयपत्री

लमजुङका ठाउँमा घरमा सयपत्रीका फूल ढकमक्क फुलेका छन्। आँगनी डिलमा फुलेका सयपत्री र गुर्दौली फूलले बेसीशहर नगरपालिका ८ कि सीता श्रेष्ठको मन लोभ्याएको छ। घरमै फुलेका फूलको मालाले यसपाली तिहारमा...

बगैंचामा ढकमक्क सयपत्री

सयपत्री फूल तिहारका लागि प्रयोग हुने मुख्य फूलमध्ये एक हो । सयपत्री फूलको माला तिहारमा प्रयोग गरिन्छ । गाउँघरमा यसलाई हजारी फूल भनेर पनि चिनिन्छ । यो फूल आफैमा सौन्दर्यताको प्रतिक पनि हो ।ढकमक्क फूलेको सयपत्री देख्दा कसको पो मन लोभिँदैन र ? घरका आँगन वरिपरी, बगैँचाभरि फूलेको फूलले सौन्दर्यता मात्र नभई तिहारको चहलपहललाई समेत बढाइदिएको हुन्छ । तर, सयपत्रीलाई व्यावसायिक रुपमा खेती गरेको भने विरलै पाइन्छ ।यतिबेला कर्णाली प्रदेशको वीरेन्द्रनगरस्थित पश्चिमी मोहोडामा रहेको एउटा सयपत्री बगैंचा चर्चामा छ

सयपत्री फुल्दा...(फोटो फिचर)

व्यवसायिक रुपमा लगाइएका सयपत्री फूल ढकमक्क भएका छन्। काठमाडौं आसपासका किसानहरुले तिहारलाई लक्षित गरी सयपत्री लगाएका थिए। फूल फुलेसँगै किसानहरुले बजारसम्म ल्याउन थालेका छन्। सयपत्री फूल माला तथा थुंगाको रुपमा...

ढकमक्क फुलेको सयपत्री

दाङको घोराही–१५, भरतपुरमा व्यावसायिक रुपमा गरिएको फूलखेतीमा ढकमक्क फुलेको सयपत्री फूल । तस्बिर: रञ्जिता अधिकारी/रासस