थापालाई पराजित गर्दै बाजुरामा कांग्रेसका पाण्डे विजयी

बाजुरा- बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् ।  एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस गण्डकी प्रदेशको संसदीय दलमा सुरेन्द्रराज पाण्डे विजयी

पोखरा : गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन्। आज भएको संसदीय दलको निर्वाचनमा उनले भोजराज अर्याललाई पराजित गरेका हुन्।उनले १८ मत प्राप्त गरे भने अर्यालले ८ मत ल्याएका थिए। एक भोट बदर भएको छ।

चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी

काठमाडौँ – चितवन क्षेत्र नम्बर–३ बाट राप्रपाका उम्मेदवार विक्रम पाण्डे विजयी भएका छन्। प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार डाभोजराज अधिकारीलाई ९ हजार ६९१ मत अन्तरले पराजित गर्दै विजयी भएको हुन् । निर्वाचनको अन्तिम मतपरिणामअनुसार विजयी भएका पाण्डेले ३४ हजार ६६२ मत प्राप्त गरे भने अधिकारीले २४ हजार ६७१ मत प्राप्त गरे। यो क्षेत्रमा २०७४ सालमा […]

धादिङ १ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी

काठमाडौँ – धादिङको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे विजयी भएको छ । उनले नेकपा एमालेका उम्मेदवार भुमि प्रसाद त्रिपाठीलाई पराजित गर्दै विजयी भएका हुन् । अन्तिम मतपरिणामअनुसार विजयी भएका पाण्डेले ३५ हजार ९३५ मत प्राप्त गरे । नेकपा एमालेका उम्मेदवार त्रिपाठीले २७ हजार ९५३ मत प्राप्त गरे ।

लमजुङको मध्यनेपाल नगरपालिका प्रमुखमा कांग्रेसका पाण्डे विजयी

लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र  उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मध्यनेपालको मेयरमा एमाले उम्मेदवारलाई पराजित गर्दै गठबन्धनबाट कांग्रेसका रमेशकुमार पाण्डे विजयी भएका हुन्। मेयरमा निर्बाचित कांग्रेसका पाण्डेले...

एमाले कालीकोट अध्यक्षमा पाण्डे विजयी

एमाले कालिकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।  नवौं जिल्ला अधिवेशनको शुक्रबार अन्तिम मतगणनामा पाण्डेले ३३३ मत पाएका थिए भने शाहीले २९७ मत पाएका थिए । उपाध्यक्षमा दयाराम सिंखडा ३८० मत ल्याएर विजयी भएका छन् भने सचिवमा टेकबहादुर बुढाले ३४४ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी पार्वती सिंहले ३३२ मत ल्याएकी थिइन् । सहचिवमा व्यासी तिरुवा ३९० मत र मनराज शाही २६९ मत ल्याए

एमाले कालीकोट अध्यक्षमा पाण्डे विजयी

सुर्खेत– एमाले कालीकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । नवौं जिल्ला अधिवेशनको शुक्रबार अन्तिम मतगणनामा पाण्डेले ३३३ मत पाएका थिए भने शाहीले २९७ मत पाएका थिए । उपाध्यक्षमा दयाराम सिंम्खडा ३८० मत ल्याएर विजयी भएका छन् भने सचिवमा टेकबहादुर बुढाले ३४४ […]

मुख्यमन्त्री शाहीलाई पराजित गर्दै सहमहामन्त्रीमा विजयी भए पाण्डे

नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्र)मा बद्रि पाण्डे विजयी भएका छन् ।  पाण्डेले कर्णालीका मुख्यमन्त्रीसमेत रहेका जीवनबहादुर शाहीलाई पराजित गरेका हुन् ।  पाण्डेले २४११ मत र जीवनबहादुर शाहीले २१३३ मत पाएका छन् ।  पाण्डे कोइराला प्यानलका हुन् भने कर्णालीका मुख्यमन्त्रीसमेत रहेका शाही देउवा प्यानलका हुन् ।

राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पाण्डे विजयी

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्यमा उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन् । सोमवार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो । राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७८ मा सोमवार भएको मतदानमा २९७ मत खसेको थियो । लुम्बिनीमा कूल ३०० मतदाता रहेका थिए ।