मुख्यमन्त्री शाहीलाई पराजित गर्दै सहमहामन्त्रीमा विजयी भए पाण्डे

नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्र)मा बद्रि पाण्डे विजयी भएका छन् ।  पाण्डेले कर्णालीका मुख्यमन्त्रीसमेत रहेका जीवनबहादुर शाहीलाई पराजित गरेका हुन् ।  पाण्डेले २४११ मत र जीवनबहादुर शाहीले २१३३ मत पाएका छन् ।  पाण्डे कोइराला प्यानलका हुन् भने कर्णालीका मुख्यमन्त्रीसमेत रहेका शाही देउवा प्यानलका हुन् ।