सत्तारुढ दलभित्र एकमत नहुँदा स्थानीय तहको चुनाव मिति घोषणा गर्न ढिलाइ भएको छ । निर्वाचन आयोगले केही दिनअघि सर्वदलीय बैठकबाटै आगामी वैशाखमा चुनाव गर्न तत्काल मिति घोषणा गर्न दवाव दिएपनि सरकारले हालसम्म निर्णय गर्न सकेको छैन । यहीबीचमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दल र सरकार चुनावबाट भाग्न खोजेको आरोप लगाएको छ ।
सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रेस चुनावमा जान तयार देखिएको छ । तर नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी स्पष्ट नरहेकाले गठबन्धनमा अलमल देखिएको हो । स्थानीय तह निर्वाचन ऐन २०७४ अन...