कार्यकर्तामाझ पूर्व माओवादीका नेताप्रति एक्कासि देखिएको लोकप्रियताले पश्चिम नवलपरासी जिल्ला नेकपा एमाले पार्टीपंक्तिमा तरङ्ग ल्याएको छ ।
एमालेको १०औं महाधिवेशन प्रतिनिधि छनोटमा भएको चुनावमा पूर्व माओवादीबाट आएका नेता डोलराज भण्डारीले जिल्लाका पुराना नेताहरूलाई पछि पार्दै सबैभन्दा बढी मत ल्याएपछि एमाले पंक्तिमा उनको लोकप्रियताले तरङ्ग ल्याएको छ ।
१ वर्षअघि एमाले पार्टीमा आएका ४३ वर्षीय भण्डारीसँगै सभासददेखि उपमेयर र अन्य पुराना नेता प्रतिनिधिका लागि चुनाव लडेका थिए तर उनीहरू पराजित बने ।
यसले पु...