काठमाडौं, २९ कात्तिक । देशभर सत्तारुढ पाँच दलीय गठबन्धन र प्रतिपक्षी एमाले गठबन्धनबीच प्रतिस्पर्धा भइराख्दा मधेस प्रदेशको रौतहट ३ मा भने स्वतन्त्र उम्मेदवारबीच नै टक्कर देखिएको छ । राष्ट्रिय दलको मान्यता पाएका ६ मध्ये कुनै पनि दलको उम्मेदवार यहाँ छैनन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपाका उम्मेदवार यो क्षेत्रमा शून्य छन् । […]