नेपाल बास्केटबल संघ र टर्नपाइकको संयुक्त आयोजनामा पहिलो पटक फ्रेन्चाइज बास्केटबल लिग हुने भएको छ । संघले मंगलबार बिज्ञप्ती जारीगर्दै नेपालमा पहिलो पटक राष्ट्रिय स्तरको फ्रेन्चाइज नेशनल बास्केटबल लिग गनै लागेको उल्लेख गरेको छ ।
२४ साउन, काठमाडौं । नेपालमा महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) हुने पक्का भएको छ । इन्फिनिटी ड्रिम्स नामक कम्पनीले महिला भलिबलमा ६ टिम सहभागी गराएर फ्रेन्चाइज लिग गर्न लागेको हो ।
मिति …
कबड्डीको फ्रेन्चाइज लिग हुने भएको छ । अखिल नेपाल कबड्डी संघ (एन्का) ले एस्ट्रोनिक्स इभेन्ट म्यानेजमेन्ट कम्पनीसँग मिलेर नेपाल कबड्डी लिग आयोजना गर्न लागेको हो । फुटबल र क्रिकेटमा फ्रेन्चाइज लिगको सफलता र लोकप्रियता देखेर आफूहरू पनि उत्साही भएको एन्काले जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा सञ्चालनमा आएका निजी कम्पनीका फ्रेन्चाइज लिगलाई क्षेत्रीय लिगको संरचनामा सञ्चालन भए अनुमति दिने भएको छ । क्यानको बोर्ड बैठकले यसअघि हुँदै आएका लिगलाई क्षेत्रीय संरचनामा सञ्चालन भए अनुमति दिने निर्णय गरेकाे हाे ।क्यानले नेपाली क्रिकेटमा फ्रेन्चाईज लिगले पुर्याएकाे योगदानको कदरसहित धन्यवाद ज्ञापन गरेको छ । ‘नेपालमा हालसम्म सञ्चालन रहेका अन्य फ्रेन्चाइज लिगहरूले नेपाली क्रिकेटमा पुर्याएकाे योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने,
नेपाल सुपर लिगको दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरमा आयोजना हुँदै छ। विगतको संस्करणमा सात टोलीले सहभागिता जनाएको प्रतियोगिताको दोस्रो संस्करणमा १० टोलीले सहभागिता जनाउँदै छन्। दोस्रो संस्करणका लागि अक्सन पनि सम्पन्न भइसकेको छ। सहिद स्मारक ए डिभिजन लिग सकिएलगत्तै घोषणा भएको मितिपछि खेलाडी स्थानन्तरणको विषयमा विभिन्न क्लबले असन्तुष्टि जनाएका छन्। अक्सन हुने/नहुने […]
नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने भएको छ । टर्नपाइकको आयोजना तथा राष्ट्रिय बास्केटबल संघ (निबा)को सहकार्यमा नेपालमा पहिलोपटक राष्ट्रव्यापी बास्केटबल लिग हुने मंगलबार विज्ञप्तिमार्फत जानकारी गराएको हो । स्थापनाकालदेखि खेलकुदको विकासमा निरन्तर योगदान गर्दै आएको टर्नपाइकले यसअघि राष्ट्रिय फुटसल लिगको आयोजना गरेको थियो । फ्रन्चाइज–कम–क्लब मोडलमा खेलाइने लिगमा विभिन्न जिल्लाका ८ टोलीको सहभागिता रहनेछ । यद्यपि आयोजकले प्रतियोगिताको मिति भने सार्वजनिक गरेको छ
२७ पुस, काठमाडौं। नेपाल बास्केटबल संघ (नेबा) र टर्नपाइकको संयुक्त आयोजनामा पहिलो पटक फ्रेन्चाइज बास्केटबल लिग हुने भएको छ । पहिलो पटक राष्ट्रिय स्तरको फ्रेन्चाइज बास्केटबल लिग हुन लागेको र यसको नाम नेशनल बास्केटबल लिग नेपाल रहेको संघले मंगलबार विज्ञप्तीमार्फत जनाएको छ । लिग फ्रेन्चाइज कम क्लब मोडलमा आयोजना हुने र ८ फ्रेन्चाइज क्लबले प्रतिस्पर्धा […]
काठमाडौं । नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिबलको महिला तथा पुरुष फ्रेन्चाइज लिग नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले गर्ने भएको छ । नेपाल भलिबल संघ (एनभीए)को प्राविधिक कार्य गर्नेछ भने सम्पूर्ण खर्च एनएसईएमले बेहोर्ने मंगलबार सम्झौता भएको छ । नेपाल फुटबलको पहिलो फ्रेन्चाइज लिग- नेपाल सुपर लिगसमेत गत वैशाखमा आयोजना गरेको एनएसईएमले नेपालको खेलकुदलाई थप व्यावसायिक […]
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले विभिन्न देशका फ्रेन्चाइज लिगभन्दा नेपाल सधैं आफ्नो पहिलो प्राथमिकतामा हुने बताएका छन् । सन्दीप व्यावसायिक फ्रेन्चाइज लिगमा सर्वाधिक सफल नेपाली खेलाडी हुन् । तर पछिल्लो समय एकपछि अर्को फ्रेन्चाइज लिग गुमाउँदै आएका छन् । उनले आइपिएल, पाकिस्तान सुपर लिग, द हन्ड्रेड, टि२० ब्लास्ट हुँदै सिपिएल […]