नेपालका साना तथा घरेलु उद्योगहरू अर्थतन्त्रका मेरुदण्डमात्र होइन, निर्यातका लागि मुख्य आधार क्षेत्र पनि हुन् ।
यतिखेर सरकार नयाँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन जारी गर्ने अन्तिम तयारीमा छ । नेपालका लागि वैदेशिक लगानी अपरिहार्य छ, तर यसो भन्दैमा सबै क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्दा भोलि गएर पछुताउनुपर्ने अवस्था पनि आउन सक्छ भनेर जुन ढंगले सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्; त्यस विषयमा सरकार संवेदनशील बन्नैपर्छ । सांसदहरूले मूलतः लघु, घरेलु तथा साना उद्योग, कृषिक्षेत्र र केही सेवाक्षेत्रमा विदेशी लगानी भिœयाउन नहुने बताएका छन् ।