पश्चिम नवलपरासी जिल्ला अदालतले दुई वर्षअघिको सामूहिक बलात्कार घटनाका अभियुक्त १० जनालाई जनही १३ वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना तोकेको छ ।
जबर्जस्ती करणी गरेको अभियोगमा ९ वर्ष र सामूहिक करणीको अभियोगमा थप ४ गरी जनही १३ वर्ष कैद फैसला सुनाइएको स्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए ।
घटनामा संलग्न १० मध्ये ९ जना घटनालगत्तै पक्राउ परेका थिए । एक जना अझै फरार छन् ।
सजाय पाउनेमा सुस्ता गाउँपालिका–३, फेनरहवाका सुरेन्द्र यादव, मनमोहन राजभर, शिवप्रसाद भर, भीमलाल मुसहर, सन्दीपप्रसाद यादव, राज...