बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई रु ७२ लाख जरिवाना तोकिएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज अदालतमा पेस गरेको छ । उच्च अदालत पाटनको गत मङ्सिर २४ गतेको फैसलाले तनहुँ घर भई काठमाडौँको सोह्रखुट्टे बस्ने एमएम कन्स्ट्रक्सनका सञ्चालक ३२ वर्षीय सुरज गुरुङलाई २४ दिन कैद र ७२ लाख जरिवाना हुने फैसला सुनाएको थियो । त्यसपछि उनी फरार हुँदै आएका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज ललितपुर जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रवक्ता प्रह...