बैंकिङ्ग कसुर मुद्दामा ३० लाख जरिवाना तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ घर भएका अन्दीराम इजम लिम्बूलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका लिम्बूलाई उच्च अदालत पाटनले २०७६ मंसिर १० मा ५ दिन कैद र ३० लाख जरिवाना हुने फैसला गरेको थियो । उनलाई भक्तपुरबाट पक्राउ गरिएको केन्द्रिय अनुसन्धान व्युरोका डीआईजी धिरज प्रताप सिंहले रातोपाटीलाई बताए । २०७४ पुसमा लिम्बूले जाहेरवालालाई दिएको सिद्धार्थ बैंकको